ज्योति लाइफको आईपीओ सर्वसाधरणका लागि आजदेखि खुल्यो – Nepal Press

ज्योति लाइफको आईपीओ सर्वसाधरणका लागि आजदेखि खुल्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट आईपीओ सार्वजनिक गरेको छ । कम्पनीले कुल ६६ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्याएको छ ।

कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ । आइपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म बिक्रीमा रहनेछ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

। विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको भए पनि दुई दिन अघि नै विक्री खुला गर्ने भएको हो ।

कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर