एथ्लेटिक विल्बाओले १५ दिन अन्तरमा एउटै प्रतियोगिताको दुई फाइनल खेल्ने – Nepal Press

एथ्लेटिक विल्बाओले १५ दिन अन्तरमा एउटै प्रतियोगिताको दुई फाइनल खेल्ने

एजेन्सी । लेभान्टेमाथि २–१ को जितका साथ एथ्लेटिक विल्बाओ स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को फाइनलमा पुगेको छ ।

उसले अप्रिल १७ मा उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोनाले फाइनलमा पुग्न सेभियामाथि नाटकीय पुनरागमन जित हासिल गरेको थिया ।

विल्बाओले १५ दिनको अन्तरमा एउटै प्रतियोगिता अर्थात् कोपा डेल रे को फाइनल खेल्दैछ । अघिल्लो सिजन पनि विल्बाओ फाइनलमा पुगेको थियो । उपाधिका लागि रियल सोसिडाडसँग खेल्नुपर्ने थियो । तर कोरोना महामारीका कारण फाइनल स्थगित भयो ।

त्यही खेल स्पेनिस फुटबल संघले आगामी अप्रिल ३ मा खेलाउने निर्णय गरेको छ । र, यो सिजनको फाइनल अप्रिल १७ मा हुनेछ । दुवै खेल सेभियाको मैदानमा हुँदैछन् ।

लेभान्टेमाथिको जितका लागि विल्बाओका राउल गार्सिया र एलेक्स बेरेनगरले गोल गरे । पहिलो लेगमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए ।

दोस्रो लेगमा पनि १७ मिनेटमा मार्टीको गोलसँगै लेभान्टेले अग्रत बनाएको थियो । तर गार्सियाले ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो ।

नियमित समयमा सकिँदा समग्रा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो । १ सय १२ औं मिनेटमा बेरेनगरले गोल गरी विल्बाओलाई लगातार दोस्रो सिजन फाइनलमा पु¥याए ।

विल्बाओले कोपा डेल रे उपाधि २३ पल्ट जितेको छ । तर सन् १९८३–८४ को सिजनयता जित्न सकेको छैन । दुई साताको अन्तरमा हुने दुई फाइनलमा उनीहरु जित्न चाहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *