बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै – Nepal Press

बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने, १६ जनाको टोली काठमाडौं आउँदै

काठमाडौं- बहराइनको राजपरिवारका सदस्यले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । बहराइनस्थित नेपाली दुतावासले विज्ञप्तीमार्फत यसको जानकारी दिएको हो ।

राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने जनाइएको छ । नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै जानकारी गराएका हुन् ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने जनाइएको छ ।

सगरमाथा आरोहणका लागि बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडमार्फत भइरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

तस्विर : बहराइनका राजकुमार मनास्लु आरोहणका लागि नेपाल आउँदाको तस्विर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर