झम्सिखेलविरुद्ध श्री भगवतिको रोमाञ्चक जित – Nepal Press

झम्सिखेलविरुद्ध श्री भगवतिको रोमाञ्चक जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३-२ गोलको नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा झम्सिखेलका सुनिल शाहीले गरेको आत्मघाती गोलसँगै श्री भगवतीले अग्रता लिएको थियो ।

मदन स्याङ्तानले ३२औं मिनेटमा गरेको बराबरी गोलसँगै झम्सिखेल खेलमा फर्किएको थियो । पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । नवराज गुरुङले ५७औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई २-१ को अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा झम्सिखेलका अनिस चौधरीले गोल गर्दै पुन: खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा मोहन बहादुर थापा मगरले श्री भगवतीका लागि गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै श्री भगवती ९ खेलबाट ९ अंकसहित लिग तालिकाको आठौं स्थानमा छ । पराजित झम्सिखेल समान खेलबाट ६ अंकसहित लिग तालिकाको नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *