निर्वाचन आयोगमा पुगेका महेश बस्नेत भन्छन्ः उहाँहरुसँग सही सूचना रहेछ – Nepal Press

निर्वाचन आयोगमा पुगेका महेश बस्नेत भन्छन्ः उहाँहरुसँग सही सूचना रहेछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको विवाद चाँडो निरुपण गर्न निर्वाचन आयोगमाथि दवाव परिरहेका बेला ओलीपक्षीय नेकपाका नेता महेश बस्नेत बिहीबार निर्वाचन आयोग पुगेका छन् ।

उनले पार्टीका बहुमत सांसद तथा केन्द्रीय सदस्य एकताका पक्षमा भएकाले त्यसैको जानकारी दिन गएको बताए ।

‘दाहाल–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर बुझाउने सुनियो,’ नेपाल प्रेससँग उनले भने, ‘तर, उहाँहरूको वर्तमान कमिटीमा बहुमत पुगेको छैन, संसदीय दलको बहुमत र पार्टी केन्द्रीय कमिटीको बहुमत पार्टी एकताको पक्षमा छ । त्यो कुरा निर्वाचन आयोगलाई सूचना होस् भन्ने थियो । जेहोस्, त्यो सूचना निर्वाचन आयोगसँग रहेछ ।’

बस्नेत आफूहरुले जसैगरी आयोगले पनि सोचिरहेको दावी गरे ।

उनले भने, ‘पार्टी विभाजनभन्दा पनि एकतालाई बल पुग्ने गरी निर्णय होस् भन्ने मेरो कुरा थियो । त्यसमा निर्वाचन आयोग पनि सकारात्मक र सूचना लिएर बसेजस्तो अनुभूूति गरेँ मैले ।’

निर्वाचन आयोगलाई धम्क्याउन पो जानु भएको हो कि भन्ने प्रश्नमा बस्नेत आफूले नभइ प्रचण्ड–माधव पक्षले धम्क्याइ रहेको आरोप लगाउँछन् ।

उनको आरोप छ– ‘बरु उहाँहरुले धम्क्याइरहनु भएको छ, मैले किन धम्क्याउनु ? सहि सूचना आयोग पुर्‍याउनलाई गएको हो, त्यो आयोगले पहिले प्राप्त गरेकै रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर