मलको समस्या सधैंका लागि अन्त्य : मन्त्री अर्याल – Nepal Press

मलको समस्या सधैंका लागि अन्त्य : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी मन्त्री पद्मा अर्यालले कृषि मलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैंको लागि अन्त्य भएको बताइन् ।

आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन समस्याको समाधानकाे व्यवस्थापन, मध्यकालीन समाधानको मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न थालेपछि मलको समस्या हटेको बताइन् ।

मन्त्रालयले दीर्घकालीन समाधानका लागि मल कारखान स्थापना गर्ने गरी काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

कृषि तथा पशुपक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट शुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर