प्रदेशस्तरीय मेयरकप ब्याटमिन्टन शुरु, पहिलो दिन ३५ खेल – Nepal Press

प्रदेशस्तरीय मेयरकप ब्याटमिन्टन शुरु, पहिलो दिन ३५ खेल

भोजपुर । भोजपुरमा पहिलोपटक प्रदेश नं १ स्तरीय मेयरकप ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष युगल, एकल पुरुष तथा महिला, यु–१७ र यु–१३ का ३५ वटा खेल सम्पन्न भएका छन् ।

भोजपुर बहुमुखी क्याम्पसको ब्याटमिन्टन कोर्टमा भएको प्रतियोगितामा पहिलो दिन पुरुष युगलतर्फ बेलबारी सुनसरीका अजय चौधरी र मन्दिप घलेको जोडिले ओखलढुंगाका विकास कटुवाल र हेमन्त राईको जोडिलाई २२–२० र २१–१८ को सेटमा हराए । यस्तै संखुवासभाका सुनिल कार्की र निशान कटुवालको जोडिले खोटाङका विकास खत्री र सनम राईको जोडिलाई २१–१७, २०–२२ र २१–१८ को सेटमा हराए ।

खोटाङका विजय राई र सविन श्रेष्ठको जोडिले सोलुखुम्बुका संयोग बस्नेत र सगुन कार्कीको जोडिलाई २१–११ र २१–१० को सेटमा पराजित गरे । यस्तै भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्द तामाङको जोडिले मोरङका क्षितिज भुजेल र सुचक खड्काको जोडिलाई २१–१२ र २१–११ को सेटमा हराए ।

यस्तै यु–१७ अन्तर्गतको खेलमा सोलुखुम्बुका संयोग बस्नेतले खोटाङका कञ्चन श्रेष्ठलाई २१–१९ र २१–१४ को सेट, खोटाङका सनम राईले उदयपुरका रुमुहाङ राईलाई २१–१९, १५–२१ र २३–२१ को सेट, ईटहरीका भोज बहादुर गुरुङले खोटाङका युनसन राईलाई २१–६ र २१–७ को सेट, ओखलढुंगाका विकास कटुवालले भोजपुरका आशिष पराजुलीलाई २३–२१, २१–१७ को सेट, संखुवासभाका निशान कटुवालले सोलुखुम्बुका आशिष खनाललाई १५–२१ को सेटमा पराजित गरे ।

२१–१९ र २१–१३ को सेट, धनकुटाका सुजन तामाङले उदयपुरका दिवस राईलाई २१–१५ र २१–१५ को सेट, उदयपुरका विनय चौधरीले तेह्रथुमका सौगात खड्कालाई २१–१० र २१–१० को सेट, खोटाङका विकास खत्रीले भोजपुरका मितुङ राईलाई १३–२१, २१–१० र २१–१४ को सेट, भोजपुरका युनिष राईले उदयपुरका जयराम राईलाई २१–११ र २१–१२ को सेटको नतिजामा पराजित गरे ।

सोलुखुम्बुका संयोग बस्नेतले उदयपुरका प्रतिश राईलाई २२–२० र २१–१८ को सेट, खोटाङका सनम राईले उदयपुरका निरज राईलाई २१–१३ र २१–१६ को सेट, ओखलढुंगाका हेमन्त राईले झापाका रोहन मोतेलाई २१–११ र २१–१९ को सेट, संखुवासभाका सुनिल कार्कीले भोजपुरका सौगात राईलाई २१–३ र २१–७ को सेट, मोरङका जोहन जसराजले उदयपुरका केनिश मगरलाई २१–१० र २१–१५ को सेट, उदयपुरका सनिल चौधरीले उदयपुरकै निर्जल मगरलाई २१–११ र २१–१५ को सेट, खोटाङका सविन श्रेष्ठले भोजपुरका खुशीकाजी बस्नेतलाई २१–१५ र २१–१२ को सेट र सुनसरीका सत्यम सुब्बाले सोलुखुम्बुका सगुन कार्कीलाई २१–९ र २१–१५ को सेटमा हराए ।

७ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु–१७ र यु–१३ ब्वाईज तथा गर्ल्स, गरि प्रदेश १ का ९९ खेलाडीले सहभागी जनाएका छन् । जिल्ला ब्याटमिन्टन संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा चल्ने प्रतियोगिता २२ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पुरुष युगलतर्फ क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलतर्फ क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलतर्फ क्रमशः २० हजार, १० हजार र ५ हजार, १७ वर्ष मुनिको पुरुष तथा महिलातर्फ क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार राखिएको छ ।

यसबाहेक १३ वर्ष मुनिको खेलाडीलाई प्रोत्साहन स्वरुप प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र १५ सय नगदसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *