अमेरिकी राज्य टेक्ससमा मास्क अनिवार्य नहुने – Nepal Press

अमेरिकी राज्य टेक्ससमा मास्क अनिवार्य नहुने

टेक्सस- अमेरिकी राज्य टेक्ससमा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको छ । गभर्नर ग्रेग एबर्टले बुधबारदेखि मास्क अनिवार्य नहुने निर्णय गरेका हुन् ।

साथै उनले सबै व्यापार व्यवसाय शतप्रतिशत अकुपेन्सीका साथ संचालन हुने निधो समेत गरेका छन् ।

मंगलबार टेक्ससको उत्तरी सहर लुबोकमा आयोजित ब्यवसायीको भेलालाई सम्बोधन गर्दै मेयर एबर्टले यस्तो घोषणा गरेका हुन् । ‘खोप र एन्टीबडी निर्माण गर्ने औषधीका कारण टेक्ससका बासिन्दा भाइरससँग लड्न सक्षम छन्’ उनले भने, ‘जीवनलाई सामान्य अवस्थामा फर्काउन हामीले यस्तो गर्नु जरुरी छ ।’

कोभिड-१९ को जोखिम कायमै रहेपनि खोप, निको हुने दर र हस्पिटलको शैय्यामा रित्तो हूँदै गएपछि मास्क लगाउनु जरुरी नभएको उनले बताए । अहिलेसम्म टेक्ससमा ५.७ मिलियन डोज खोप लगाइसकिएको छ । मार्चको अन्त्यदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर