प्रचण्ड-माधव पक्षले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने – Nepal Press

प्रचण्ड-माधव पक्षले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने

काठमाडौं । विभाजित नेपाल कम्युनिष्टका प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी वैठकमा लैजाने भएको छ । भर्खरै सम्पन्न स्थायी कमिटीको वैठकले सो निर्णय लिएको हो ।

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय गरेको थियो । ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाउने निर्णय गरे पनि उक्त निर्णयले वैधानिकता नपाएपछि केन्द्रीय कमिटीमा एजेण्डा लैजान लागिएको हो ।

प्रचण्ड-नेपाल पक्षीय नेकपाको केन्द्रीय समिति वैठक केहीबेरमा डाकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *