नेकपा कानुनी विभाजनमा गए जबजको पक्षमा लाग्ने सांसद गंगाको घोषणा – Nepal Press

नेकपा कानुनी विभाजनमा गए जबजको पक्षमा लाग्ने सांसद गंगाको घोषणा

काठमाडौं । नेकपा संसदीय दलमा आ आफ्नो पक्षमा वहुमत जुटाउन सांसदहरु तानातान भइरहेका बेला समानुपातिक सांसद गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आएमा आफ्नो साथ केपी शर्मा ओलीलाई हुने संकेत गरेकी छन् ।

प्रचण्ड–माधव नेपाल पक्षमा रहेर पुस ५ गतेको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी चौधरीले फेसबुकमा व्यक्तव्य दिएर ६५ वर्षमाथिका पूराना नेताको विदाइ र दोस्रो पुस्ताले पार्टी एकता बचाउन आग्रह गरेकी छन् ।

उनले पार्टी एकता बचचाउन नसकेर पार्टी अन्तिममा फुट्ने अवस्था आउँदा एउटा पक्षलाई साथ दिनुपर्ने र त्यो अवस्थामाा आफ्नो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने नेतालाई हुन्छ भन्दै ओली पक्षमा लाग्ने संकेत गरेकी छन् ।

चौधरीले भनेकी छन्–कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने,राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने,दुवै मित्रराष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको,जनजिविकिकाको सवाललाई उच्च प्राथमिकता दिने,राजनीतिक स्थिगरताको पक्षधर,मुलुकको विकाास र सम्बृद्धिको लागि खरो उत्रने सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ ।

चौधरीले सरकार र पार्टीको नेतृत्व गरिसकेका ६५ वर्षमाथिका नेताहरुले संयुक्त वक्तव्यमार्फत स्वेच्छिक रुपमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरि पार्टीको संरक्षक सल्लाहकारको भूमिका रहन आग्रह समेत गरेकी छन् ।

पछिल्लो समय उनी ओली पक्षका नेताहरुसँग संवादमा थिइन् । प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी कार्यक्रम बहिस्कार गरेका बेला उनी दाङको सिसहनीयामा निर्मित पुलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै देखिएकी थिइन् ।

उनले आफू पार्टी एकताको पक्षमा रहेको तर आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को बनाउने र पार्टी फुटाउने अवस्थामा साथ नरहने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *