जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन – Nepal Press

जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विषयमा पहिलोपटक सार्वजनिक रूपमा जवाफ दिएका छन् ।

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले चाँदीको जलहरी खिइएर सकिएपछि सुनको हालिएको बताए ।

ओलीले भने, ‘पशुपतिनाथ मन्दिर हिन्दूहरूको आस्थाको थलो हो । सनातन हिन्दू, आदि योगगुरु, आदि योगी, विश्वको सबैभन्दा पुरानो दर्शन, सभ्यताको शुरूआत भगवान शिवबाट भएका हो ।’

जलहरीबारे उनले भने, ‘नेपाली जनताले मानेको भगवान शिवलाई चाँदीको जलहरी उहिले कुन जमानामा बनाइएको रहेछ । त्यो खिइँदा-खिइँदा सकियो । पाप्रो मात्रै छ । त्यो ठाउँमा १०८ किलो सुनको जलहरी दिइयो । भ्रष्टाचार गरेर कसैलाई दिएको हैन । पशुपतिनाथलाई दिएको हो ।’


प्रतिक्रिया

One thought on “जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन

  1. चादि को खीइयो भनेसी, सुन खीइन समय लाग्दैन ! सुनिय अनुसार सुन को लेपन मात्र हो रे, पित्तल र तामा १०० किलो, ८ किलो सुनको जलप मात्र ! सबै खाने मेलो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर