फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचारमा तीन वर्षको जेल सजाय – Nepal Press

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचारमा तीन वर्षको जेल सजाय

पेरिस- फ्रान्सेली पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार प्रकरणमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनलाई त्यहाँको अदालतले भ्रष्टाचार र गैरकानुनी धन्दा गरेको अभियोग पुष्टि गर्दै सजाय तोकेको हो ।

सन् २००७ देखि सन् २०१२ सम्म राष्ट्रपति भएका सार्कोजीले सन् २०१४ मा आफूविरुद्ध चलिरहेको एउटा आर्थिक हिनामिनाबारेको अनुसन्धानका क्रममा न्यायाधीशबाट सुचनाहरु गैरकानूनी रुपमा प्राप्त गर्न प्रयास गरेकोमा दोषी ठहरिएका छन् ।

उनलाई जेल सजाय सुनाइएको भएतापनि जेलभित्रै भने बस्नुनपर्ने भएको छ । घरमै बसेर जीपीएससहितको विद्युतीय ब्रासलेट लगाएर सजाय पूरा गर्न सक्ने भएका छन् । फ्रान्सको आधुनिक इतिहासमा जेल सजाय पाउने ६६ वर्षका सार्कोजी पहिलो व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर