खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई – Nepal Press

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

रुपन्देही । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि बुटवलका रितिक रानाले जितेका छन् । प्रतियोगिताको मंगलबार भएको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन् ।

यसैगरी महिला सिङ्गलको उपाधि प्रेरणा कोइरालाले जितेकी छन् । फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै प्रेरणाले सहज जितसहित उपाधि हात पारिन्  ।

त्यस्तै, ३५ प्लसमा कमल भण्डारीले सञ्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका छन् । बुटवलका श्रेष्ठ पहिलो पटक फाइनल पुगेका हुन् । यसैगरी ४५ प्लसमा चन्द्र शाहीले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे । यसैगरी ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणाविरुद्ध ६–७, ६–२, १०–२ सेटको रोमाञ्चक जित निकाले ।

प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्टले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *