बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति – Nepal Press

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भन्दैआपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैँले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर