ट्रक जुध्दा दुवै चालकको मृत्यु, सह-चालक गम्भीर घाइते – Nepal Press

ट्रक जुध्दा दुवै चालकको मृत्यु, सह-चालक गम्भीर घाइते

रासस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गएराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा ना ६ ख ३०११ नंकाे ट्रकका चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा परेर दुवै ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र दाङको बवही गाउँपालिका–६ का ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।

घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर