चीनले यसवर्षपनि कैलाश मानसरोवर तीर्थयात्रा नखोल्ने – Nepal Press

चीनले यसवर्षपनि कैलाश मानसरोवर तीर्थयात्रा नखोल्ने

काठमाडौं । कोभिड-१९ महामारीले बन्द रहेको मानसरोवर तीर्थयात्रालाई चीनले यसवर्ष पनि नखोल्ने भएको छ ।

तीर्थयात्राको व्यवस्थापन गर्ने भारतीय एजेन्सी कुमाउँ मण्डल विकास निगमका अनुसार चीनले तीर्थयात्रा खोल्नेबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

टाइम्स अफ इन्डियाले तीर्थयात्राका लागि सँधैजसो बस्ने भारतीय विदेश मन्त्रालयको तयारी बैठक नबसेकाले यसवर्ष पनि मानसरोवर तीर्थयात्रा रोकिने उल्लेख गरेको छ ।

गतवर्ष पनि भाइरस महामारीले गर्दा तीर्थयात्रा रोकिएको थियो । ‘यसअघि सँधैजसो फेब्रुअरीमा मन्त्रालयमा तीर्थयात्राको तयार बैठक बस्दथ्यो तर यसपटक कुनै जानकारी छैन’ निगम व्यवस्थापक अशोक जोशीले भने ।

उनका अनुसार गतवर्ष पनि तीर्थयात्रा बन्द हुने निगमले ४ करोड भारु घाटा खाएको थियो । भारतले मानसरोवर जानको लागि छोटो बाटो पर्ने भन्दै नेपाली भूमि लिपुलेकमा सडक खनेको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको खबरसँगै दुई मुलुकबीच विवाद सिर्जना भएको थियो ।

सन् १९८१ यता पहिलोपटक गतवर्ष मानसरोवर तीर्थयात्रा रोकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर