एनआरएनले एक खर्बको श्रमिक बैंक खोल्दै, उपाध्यक्ष भन्छन्- कृषिमा पनि हात हाल्छौं – Nepal Press

एनआरएनले एक खर्बको श्रमिक बैंक खोल्दै, उपाध्यक्ष भन्छन्- कृषिमा पनि हात हाल्छौं

काठमाडौं । रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि गैर आवसीय नेपाली संघ (एनआरएन) ले श्रमिक बैंकको अवधारणा अघि सारेको छ ।
५० अर्बदेखि एक खर्बसम्मको लगानीमा श्रमिक बैंक ल्याउने योजना रहेको एनआरएनका उपाध्यक्ष बद्री के.सीले जानकारी दिए ।

उनले नेपाल प्रेससँग बोल्दै उनले भने ‘नेपालीले विदेशी भूमिमा कमाएर पठाएको पैसालाई उत्पादन मुलक क्षेत्रमा लगाउन श्रमिक बैंकको अवधारणामा छलफल गरिरहेका छौं । । छिट्टै नै यस बारेमा छलफल अघि बढाएर श्रमिक बैंक ल्याउने छौ,’ उनले भने ।

उनका अनुसार विश्वमा रहेका नेपालीले कमाएको पैसालाई एककृत गरि बैंक स्थापना गरिने छ । र, बैंकबाट विभिन्न क्षेत्रमा लगानी गरिने छ । साथै उनले नेपालमा चाँढै नै आधुनिक कृषि व्यवसायमा एनआरएनले हात हाल्ने पनि बताए ।

‘नेपाल कृषि प्रधान देश भएपनि विदेशबाट वार्षिक रुपमा अर्बौको खाद्यान, तरकारी तथा फलफूल आउने गरेको छ । सो आयतलाई रोक्ने गरी हामीले नेपालमा नै व्यवसायिक कृषि खेति गर्ने योजना बनाएका छौं,’ उनले भने ।

उनका अनुसार अहिले पनि जापान, इजरायल, न्यूजल्याण्डलगायतका देशमा नेपाली एनआरएनले कृषि खेती गरेर व्यवसाय चलाइरहेका छन् । त्यहाँ गरिएको कृषि अनुभवलाई नेपालमा नै ल्याउन सकेमात्र पनि धेरै नै उपलब्धी हुनेछ ।

नेपालमा अहिले परम्परागत रुपमा नै कृषि खेती गरिदै आएको र यसलाई चाँढै नै आधुनिक कृषिमा परिणत नगरे निकट भविष्यमा नै नेपाली कृषिबाट पलायन हुने उनी बताउँछन् ।

उनका अनुसार नेपालमा कृषि पेशालाई सम्मान र नाफा मुलक रुपमा नहेरिएका कारण पनि कृषिमा युवा आकर्षित छैनन् । यदि कृषिमा युवाको आर्कषण कम हुँदै जाने हो भने केही दशकमा नै खेत बारी सबै बाझाँ हुने उनको निर्कोल छ । ‘यसले पनि हामीले आधुनिक कृषिको अवधाराणामा जान आवश्यक छ ,’ उनले भने ।

आधुनिक कृषिका लागि एनआरएनले कृषि मन्त्रालय, विभागलगायत विभिन्न कृषिसँग सम्बन्धित निकायसँग छलफल गरिरहेका पनि उनले बताए । ‘हामीले कृषि गर्दा साना–साना टुक्रा जग्गामा गर्ने होइन यसका लागि जग्गा पुलिङ, भूमि बैंक वा एकिकृत जग्गामार्फत पनि आधुनिक कृषि व्यवसायमा आवद्ध हुनेछौं ।

‘यदि हामीले आधुनिक कृषिको अवधारणा ल्याएर कृषिमा लगानी गर्‍यौ भने कोरोनाको समयमा विदेशबाट फर्किएका नेपाली दाजुभाईलाई पनि रोजगार दिन सक्छौ,’ ‘यति मात्र होइन कृषिलाई आधुनिक ढंगले खेति गर्ने हो भने वार्षिक रुपमा अर्बौको आयात रोकिने छ,’ उनले भने । कृषिबाट आत्मनिर्भर बन्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *