उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान – Nepal Press

उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाले थलिएको नेपाली फिल्म उद्योगले चाँडै लय समात्ने विश्वास व्यक्त गरेका छन् ।

चलचित्र प्राविधिक संघको डेलिगेसन टोलीसँग भेट गर्दै पुनले कोभिडको कारण समस्या भोगेको फिल्म क्षेत्रलाई लयमा ल्याउन सबै क्षेत्र एकजुट हुनुपर्ने खाँचो औंल्याए ।

उपराष्ट्रपतिसँगको भेटपछि नेपाल प्रेससँग कुरा गर्दै संघ अध्यक्ष पुष्कर लामाले भेटमा पुनले फिल्म क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

प्राविधिक संघले आउँदो शनिबार आयोजना गर्ने नेफ्टा अवार्डमा उपराष्ट्रपति पुन प्रमुख अतिथिका रुपमा सहभागि हुँदैछन् । भाइरस महामारीले रोकिएको नेफ्टा अवार्ड यसपटक स्वदेशमै हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *