म्यानमार : प्रहरीको गोलीले १८ प्रदर्शनकारीको मृत्यु – Nepal Press

म्यानमार : प्रहरीको गोलीले १८ प्रदर्शनकारीको मृत्यु

याङ्गुन- सैनिक कूविरुद्ध म्यानमारमा प्रहरीले गोली चलाउँदा एकैदिन १८ जना मारिएका छन् । राष्ट्रसंघको मानव अधिकार कार्यालयले यसलाई अहिलेसम्मकै घातक भनेको छ ।

प्रहरीले गोली र अश्रुग्याँस प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरु मारिएको जनाइएको छ । सुरक्षाकर्मी शनिबारदेखि प्रदर्शनकारीविरुद्ध कडा हुन थालेका छन् ।

आइतबारको उक्त घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको जनाइएको छ । यांगुन, दाबेइ, म्यान्डले, लास्हियो, मेइक, बागो र पोकोक्कु सहरमा प्रहरीको गोलीले प्रदर्शनकारीको मृत्यु भएको हो ।

सामाजिक संजालमा पोस्ट गरिएका दृश्यमा प्रहरीले प्रदर्शनकारीलाई लखेटीलखेटी कुटेको र कैंयौ मानिस रक्ताम्य भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर