काठमाडौं महानगरअघि अभियन्ताको धर्ना – Nepal Press

काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

नेपाल प्रेस २०७७ फागुन १६ गते १७:४४
२०७७ फागुन १६ गते १७:४४

‘विकासको नाममा प्रतिगमन’ भन्दै आन्दोलन गरिरहेका अभियन्ताहरूले आज काठमाडौं महानगरपालिका कार्यालयअघि धर्ना दिएका छन् ।

बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा भइरहेको प्रदर्शनअन्तर्गत आइतबार महानगरपालिकाअघि विरोध प्रदर्शन गरिएको हो ।

चक्रपथ विस्तारमा आफूहरूलाई उठिबास लगाएको प्रदर्शनकारीहरूको गुनासो छ । त्यस्तै कमलपोखरीमा कंक्रिटको कमल फूल राख्ने कार्यप्रति पनि आपत्ति जनाइएको छ ।