देशकै ठूलो औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्रीले भने– अब लाखौं नेपालीले स्वदेशमै राजगारी पाउँछन् – Nepal Press

देशकै ठूलो औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्रीले भने– अब लाखौं नेपालीले स्वदेशमै राजगारी पाउँछन्

काठमाडौं । गृहजिल्ला झापामा देशकै सबैभन्दा ठूलो औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षपछि रोजगारीका लागि कोही नेपाली विदेश जानु नपर्ने बताएका छन् । औद्ययोगिक पार्क बनेपछि लाखौं नेपालीले रोजगारी पाउने तर्क गर्दै प्रधानमन्त्री ओलीले क्रमशः स्वदेशमै रोजगारीको वातावरण बनिरहेको बताए ।

आइतबार गृहजिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पार्क निर्माणका क्रममा ४५ हजार नेपालीले राजगारी पाउने बताए । पार्क निर्माणका लागि दुई अर्ब रुपैयाँ विनियोजन भइसकेको र दुई वर्ष भित्र पार्क निर्माणले उल्लेख्य गति लिने पनि बताएका छन् ।

६३ अर्ब रुपैयाँमा बन्न लागेको उक्त पार्कको पाँच वर्षभित्र पूर्वाधार निर्माणको काम सकिने बताए । बहुउद्देश्यीय उक्त पार्क बनेपछि लाखौं नेपाली युवाले रोजगारी पाउने उनको भनाइ छ ।

दमक, कमल र गौरादह तीनवटा नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमुना हुने बताइएको छ ।

१ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो । पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर