सैन्य सरकारबिरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत बर्खास्त – Nepal Press

सैन्य सरकारबिरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत बर्खास्त

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभामा आफूबिरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि म्यानमारको सैन्य शासकले संयुक्त राष्ट्रसंघका लागि देशको राजदूतलाई बर्खास्त गरेको छ ।

एक भावुक भाषणका क्रममा राजदूत क्यो मो तुनले आफ्नो देशको सैन्य शासकलाई कुनै पनि प्रकारको सहयोग नगर्न अपील गरेका थिए । जवसम्म लोकतान्त्रिक सरकार जनताको हातमा आउँदैन तवसम्म विदेशी शक्तिले सैन्य शासकमाथि दवाव राखिराख्नुपर्ने उनको आसय थियो ।

म्यानमारको सेनाले शनिबारदेखि सैन्य सरकारबिरोधी प्रदर्शनबिरुद्धको कारबाही तीव्र पारेको छ । स्थानीय मिडियाका अनुसार दर्जनौं मानिस पक्राउ परेका छन् । मोनव्या शहरमा एक महिलामाथि गोली प्रहार भएको छ । उनको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन ।

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि आङ साङ सू ची लगायतका शीर्ष सरकारी अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै क्यो मो तुनले आफ्नो देशमा लोकतन्त्र बहालीमा सहयोगका लागि सेनाको बिरुद्ध कारबाहीका लागि जुनसुकै साधनको प्रयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए । उनले आफू सू ची सरकारको प्रतिनिधि भएकाले यसो भनेको प्रष्ट पारेका थिए ।

उनले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायसँग सेनाको सत्ताकव्जा तुरुन्त समाप्त, निर्दोष मानिसमाथिको अत्याचार रोक्न र लोकतन्त्रको पुनस्र्थापनाका लागि सहयोग गर्न आग्रह गछौं ।’ महासभामा उनको भाषणले वाहीवाही पाएको थियो । सबैले उनलाई साहसी भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर