मिडिया एक्सनको नेतृत्वमा पन्त, गण्डकी प्रदेश संयोजकमा सुनिता – Nepal Press

मिडिया एक्सनको नेतृत्वमा पन्त, गण्डकी प्रदेश संयोजकमा सुनिता

काठमाडौं । मिडिया एक्सनको नेतृत्वमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चुनिएका छन् भने सातवटै प्रदेश संयोजक पनि चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले केन्द्रीय नेतृत्वसँगै प्रदेश संयोजक चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार र कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चुनिएका छन् ।

अधिवेशनले प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णलीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

नवनिर्वाचित अध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेटसहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर