अख्तियारका प्रमुख आयुक्त राईको प्रतिवद्धता: भ्रष्टाचारीलाई छाडिँदैन, निर्दोषलाई फसाइन्नँ – Nepal Press

अख्तियारका प्रमुख आयुक्त राईको प्रतिवद्धता: भ्रष्टाचारीलाई छाडिँदैन, निर्दोषलाई फसाइन्नँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भने– नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गरिन्छ ।

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने बताए । यस्तै निर्दोशलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि कारबाही गर्ने बताए । उनले भने– मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन तर निर्दोश व्यक्तिलाई जोगाइन्छ ।

आफ्नो कार्यकालमा अख्तियारले अहिलेसम्मकै उत्कृष्ट काम गरेर देखाउने पनि उनको प्रतिवद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर