ओलीलाई प्रवासी मञ्च डेनमार्कको समर्थन – Nepal Press

ओलीलाई प्रवासी मञ्च डेनमार्कको समर्थन

कोपनहेगन । प्रवासी नेपाली एकता मञ्च डेनमार्कले देशको बदलिँदो परिस्थितिमा आफूहरूको समर्थन विगतमा पनि र अहिले पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै रहेको जनाएको छ ।

मञ्चका अध्यक्ष शिव चापागाईद्वारा जारी विज्ञप्तिमा सर्वाैच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाको सम्मान गर्दै राजनीतिक परिस्थितीलाई लिकमा ल्याउन समृद्धि र सुशासन कायम गराउन देशलाई प्रधानमन्त्री ओली कै आवश्यकता भएको उल्लेख छ ।

‘सबै फैसलाहरू अपेक्षित र जनमुखि नै हुन्छन् भन्ने छैन । तर, न्यायलयको फैसलाको सम्मान गर्न सक्नुपर्छ,’ चापागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो फैसलाले प्रधानमन्त्रीले सेटिङ र जालझेल गरेको भन्ने आरोपलाई पनि झुट सावित गरिदिएको छ ।’

विज्ञप्तिमा अब पुनर्स्थापना भएको संसदले निम्ताउन सक्ने अस्थिरता, भ्रष्टाचार, र व्यक्ति केन्द्रित स्वार्थको गलत राजनितीक अभ्यासलाई निस्तेज पार्न पनि देश तथा विदेशमा रहेका नेपालीहरू सजग हुनु पर्ने जनाइएको छ ।

संसदलाई जनउत्तरदायी भएर काम गर्न पनि अनुरोध गरिएको छ । प्रम ओलीको विघटनको कदम सहि या गलत के थियो भन्ने यथार्थता बिस्तारै समयसँगै प्रष्ट हुँदै जाने भन्दै विकास र समृद्धिको यात्रामा ओलीले लिएको निर्णयलाई सदा समर्थन गर्ने पनि मञ्चका सचिव रविन्द्र केशीको भनाई छ ।

जनताको माझमा गएर आफूलाई परिक्षण गराउन तयार हुने कुनै पनि नेतृत्व या दलको सहासलाई आफूहरूले सम्मान गर्ने मञ्चको विज्ञप्तिमा उल्लेख छ । देशको विषम राजनितीक परिस्थितिमा आफूहरू विदेशमा भएपनि सदा सजग रहेको भन्दै मञ्च सदा राजनीतिक स्थायित्व र लोकतन्त्रको पक्षमा रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *