कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका – Nepal Press

कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण राना मृत फेला परेका हुन् ।

शनिबार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । ‘शनिबार बिहान नै हामीले शव फेला पारेका हौं,’ उनले भने, ‘शंकास्पद देखिएकाले घटनाबारे अनुसन्धान भइरहेको छ ।’

मृतक रानाको टाउकोमा चोट देखिएको छ भने स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका-५ का अध्यक्ष कर्ण सिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको हुनसक्ने बताए ।

टाउकोमा देखिएको चोट खुकुरी प्रहार गरी हत्या गरेको जस्तो भएकाले सहजै अनुमान गर्न सकिने वडाध्यक्ष बोहराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर