नवीन्द्रराजलाई हेरिरहेका डाक्टर भन्छन्ः ३० प्रतिशत आशावादी छौं (भिडियोसहित) – Nepal Press

नवीन्द्रराजलाई हेरिरहेका डाक्टर भन्छन्ः ३० प्रतिशत आशावादी छौं (भिडियोसहित)

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको नर्भिक अस्पतालले जनाएको छ । अहिलेकै अवस्थाबाट उनलाई बचाउनु निकै चुनौतिपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

जोशीको उपचारमा खटिएका चिकित्सक डा. राजीव झाले हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भन्दै सुधार हुने सम्भावना भने कायमै रहेको उल्लेख गरे । डा. झाका अनुसार जोशीको सिटीस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको छ ।

‘आँखाको नानी फुलेको देखियो । दुवैतिर आँखाको नानी फुलेको छ भने त्यो ‘अलमोस्ट डेथ’ हुन्छ । आधार दिमागले काम नगरेको जस्तो देखिएपछि हामीले तुरुन्तै सिटीस्क्यान ग¥यौं । सिटीस्क्यान गर्दा रगत र पानी जमेको देखियो ।’

डा. झाका अनुसार दिमागको बीच भागमा एउटा सानो तलाउजस्तो हुन्छ, जहाँ पानी बन्छ । त्यो ठाउँमा पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी जमिरहेको देखिएको थियो । जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको छ ।

त्यसबाट १ सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताए । जोशीको रक्तचाप कम भएकाले बढाउने औषधि दिइएको उनले जानकारी दिए ।

उनले भने, ‘यो एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमका मान्छेहरुमध्ये १ सय प्रतिशतमा ६०÷७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ हामी बचाउनेतिर लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँच्नुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

डा. झाका अनुसार नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमामा थिए र वान्ता भई फोक्सोमा असर परेकाले सास फेर्न गाह्रो भइराखेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर