उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई विद्यावारिधी – Nepal Press

उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई विद्यावारिधी

काठमाडौं । उच्च अदालतका न्यायाधीश नवराज थपलिया अब विद्यावारिधी (पिएचडी) भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश थपलियाले ‘नेपालको द्वन्द्ध पछिको परिवेशमा कानुन र विकाश’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।

कानुन र ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका थपलिया उच्च अदालतका सबैभन्दा कान्छा न्यायाधीश हुन् । ४३ वर्षीय थपलियाले जापानमा समेत कानुन विषयमा अध्ययन गरेका थिए ।

नुवाकोट भद्रुटारमा जन्मिएका थपलिया २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल ल क्याम्पसको सभापति निर्वाचित भएका थिए । छोटो वकालत अवधिमै स्थापित भएका उनलाई न्यायपरिषदको सिफारिसमा प्रधान न्यायधीश चोलेन्द्र शम्शेर जवराले मिति २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए ।

थपलिया न्यायाधीश हुँदा उनको बारेमा विभिन्न कोणबाट टिप्पणी भएपनि उनी न्याय सम्पादनमा अब्बल ठहरिदै अब प्राज्ञिक रुपमा पनि सफल भएका छन् । पिएचडी गर्ने सिमित न्यायाधीशहरुको पंक्तिमा अब थपलिया पनि थपिएका छन् ।

हाल सर्वोच्च अदालतका न्यायाधीशहरुमध्ये डा.आनन्द मोहन भट्टराई र डा.मनोज कुमार शर्मा पिएचडी हुन् । त्यस्तै उच्च अदालत पाटनका मुख्य न्यायधिश डा. कुमार चुडाल, उच्च अदालत राजविराजका न्यायाधीश रवि शर्मा अर्याल पिएचडी हुन् ।

जिल्ला न्यायाधीधशहरु डा.राजेन्द्र कुमार आचार्य, डा. श्री प्रकाश उप्रेती र डा. रमेश प्रसाद रिजालले यस अगाडी पिएचडी उपाधी लिएका छन् ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायधिश नहकुल सुवेदी, उच्च अदालत पाटनका न्यायाधीश खुशी प्रसाद थारु र उच्च अदालत विरगञ्जका न्यायाधीश शान्ता सेढाई सापकोटा विद्यावारिधीको लागि अनुसन्धानरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *