ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै – Nepal Press

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि साधारण शेयर (आईपीओे) आउने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ ल्याउनल लागेको हो ।

इन्स्योरेन्सले आईपीओ निष्कासनको स्वीकृति गत फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गरिने कुल आईपीओेमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि छुट्याइएकोे छ । कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

आईपीओ खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

जसमा आवेदन दिनका लागि सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ आएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर