कुमारी क्यापिटलले ल्यायो इक्वीटी फण्ड, एक सयदेखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने – Nepal Press

कुमारी क्यापिटलले ल्यायो इक्वीटी फण्ड, एक सयदेखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने

काठमाडौं । कुमारी क्यापिटलले सामूूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजानिक निष्काशनमा ल्याएको छ ।

आज (फागुन १४) गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यको दरमा ८ करोड इकाईको ८० करोड रुपैयाँ बराबरको इक्विटी फण्ड सार्वजानिक गरेको हो ।

यस फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी क्यापिटलका अनुसार यो १० वर्षे बन्दमुखी योजना हो ।

फण्डले ६ करोड ८० लाख सर्वसाधरण र एक करोड २० लाख बराबरको इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखेको छ ।

यो इकालई छिटोमा फागुन १८ र ढिलोमा फागुन २८ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ । इकाई खरीदका लागि विक्री प्रवन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर