मोहनविक्रम सिंह भन्छन्ः अब देउवा र ओली मिलेर सरकार बनाउँछन् – Nepal Press

मोहनविक्रम सिंह भन्छन्ः अब देउवा र ओली मिलेर सरकार बनाउँछन्

रुपन्देही । मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद पुनःस्थापनासँगै राजनीतिक अस्थिरता र सत्ताको फोहोरी खेल हुने तर्क गर्दै गरेका छन् ।

बुधबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले भने– संसद पुनःस्थापनाले राजनीतिक अस्थिरता बढाउँछ । तर, यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्छ ।

नेपालमा राजनीतिक अस्थिरता बढेसँगै देशीविदेशी शक्तिको चहलपहल बढ्ने उनले बताए । उनले अब ओली पक्षीय नेकपा र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सम्भाबना बढी भएको अनुमान पनि गरे ।

यसअघि सिंहले संसद विघटनको विरोध गर्दै आएका थिए ।


प्रतिक्रिया

2 thoughts on “मोहनविक्रम सिंह भन्छन्ः अब देउवा र ओली मिलेर सरकार बनाउँछन्

  1. संसद पुनःस्थापना गलत भएका कुरा मोहन बिक्रमले कहिल्लै भनेका छैनन । बुटवलको प्रत्रकार सम्मेलनमा पनि भनेका छैनन् । गलत समाचार सम्प्रेषण भयो । नियत कि मिस्टेक ?

    1. झुट समाचार । मसाल संसदको पुनःस्थापनाको पक्षमा सबै भन्दा सुरु देखि अन्तिम सम्म संघर्ष गरेको पार्टी हो । नेपाल प्रेसको झुटको खेती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर