म्यानमार कू : फेसबुक र इस्टाग्रामले सेनालाई लगाए प्रतिबन्ध – Nepal Press

म्यानमार कू : फेसबुक र इस्टाग्रामले सेनालाई लगाए प्रतिबन्ध

याङ्गुन –दुई ठूला सामाजिक संजाल फेसबुक र इस्टाग्रामले म्यानमारको सेनाका आधिकारिक एकाउन्टलाई बन्द गरिदिएका छन् । त्यहाँको सेनाले आफ्ना प्लेटफर्मबाट हिंसा भड्काउन सक्ने खतरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको फेसबुकले जनाएको छ ।

सेनाले सन् २०२० मा भएको चुनावमा धाँधली गरिएको भन्ने हल्ला फैलाउन फेसबुकको प्रयोग गरेको जनाइएको छ । म्यानमारको जनसंख्याको आधाले फेसबुक चलाउँछन् र उनीहरुका लागि इन्टरनेट भनेकै फेसबुक हो ।

गत फेब्रुअरी १ मा कू गरेपछि फेसबुकले सेनाको आधिकारिक पृष्ठलाई बन्द गरिदिएको थियो भने अहिले आएर सेना सम्बन्धित अन्य पेजलाई पनि रोक लगाइएको हो ।

शक्ति आफ्नो हातमा लिएपछि सेनाले प्रदर्शकारीलाई नियन्त्रणमा लिएको थियो । इन्टरनेट बन्द गर्ने निर्णय लिएको थियो भने फेसबुकसहितका सामाजिक संजाल बन्द गरेको थियो ।

बुधबार अबेर विज्ञप्ती जारी गर्दै फेसबुकले उक्त प्रतिबन्ध लगाउनु जरुरी भएको बताएको छ । सप्ताहन्तमा भड्किएको हिंसामा तीन प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *