बीजेपी सांसदको अर्को टिप्पणी : ओलीको कदम घरको न घाटको ! – Nepal Press

बीजेपी सांसदको अर्को टिप्पणी : ओलीको कदम घरको न घाटको !

दिल्ली । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) नेता एवं राज्य सभा सांसद सुव्रमण्यम स्वामीले नेपालको विकसित घटनाक्रमबाट भारतले चीनको प्रभावसँग लड्ने तरिका सिक्नुपर्ने बताएका छन् ।

विहिबार ट्वीटमार्फत उनले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ‘न घर न घाटको भएको’ टिप्पणी समेत गरेका छन् ।

प्रधानमन्त्री मोदी निकट मानिने भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहेका स्वामीले चिनियाँ प्रभावबाट जोगिन भारतले सन्तुलन मिलाउनुपर्ने खाँचो औंल्याएका छन् । उनले यसका लागि दक्ष राजनीतिज्ञ जरुरी भएको समेत उल्लेख गरेका छन् ।

नेपाल चाँडै लोकतन्त्रमा फर्कन सक्ने र संयुक्त सरकार बनाउन सक्ने आशा पनि स्वामी व्यक्त गरेका छन् । संसद विघटन गर्ने ओलीको कदमलाई अदालतले बदर गरेपछि स्वामीले स्वागतयोग्य भन्दै ट्वीट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *