महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने – Nepal Press

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले आफ्नो फेसबुक पेजमार्फत सो जानकारी दिएको छ ।

आईपीओ बाँडफाँट सोही दिन विहान ८ बजे हुने भनिएको छ । कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म आवेदन दिन सक्ने गरी आईपीओ खुलाएको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर