अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे – Nepal Press

अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।

विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् ।

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । अञ्जु र थीरलाई वैवाहिक जीवनको शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *