हेटौंँडामा सुमो दुर्घटना, ११ घाइते – Nepal Press

हेटौंँडामा सुमो दुर्घटना, ११ घाइते

मकवानपुर । हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहान सुमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान हेटौंँडाबाट काठमाडौंंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *