ज्ञवालीलाई आर्थिक पत्रकारिता पुरस्कार – Nepal Press

ज्ञवालीलाई आर्थिक पत्रकारिता पुरस्कार

बुटवल । नागरिक अनलाइनका प्रधानसम्पादक कपिल ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार २०७७ बाट ज्ञवाली पुरस्कृत भएका हुन् ।

संघले ६७औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । रुपन्देहीको आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उद्योग वाणिज्य संघले २५ हजार १ रुपैयाँ नगद राशिसहित ज्ञवालीलाई सम्मान गरेको हो ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सम्मान पत्र, नगद राशि र दोसल्लाले सम्मान गरेका हुन् । त्यसैगरी संस्थागततर्फ बुटवल टुडे राष्ट्रिय दैनिक सम्मानित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर