सरकारले फिल्म र संगीतमा प्रतिलिपि अधिकार कानुन संसोधन गर्ने – Nepal Press

सरकारले फिल्म र संगीतमा प्रतिलिपि अधिकार कानुन संसोधन गर्ने

काठमाडौं । सरकारले प्रतिलिपि अधिकार कानुन संसोधन गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गरेको छलफलमा पर्यटनमन्त्री भानुभक्त ढकालले उक्त कुरा बताएका हुन् ।

प्रतिलिपि अधिकारको कानुनी प्रावधान र कार्यान्वयनका चुनौतिबारे फोरमका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कपिराइट रजिस्टर कार्यालयका पूर्व रजिस्टार विश्व केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा सहभागिले बौद्धिक सम्पत्तिलाई संरक्षण गर्ने मामिलामा विद्यमान प्रतिलिपि अधिकारको व्यवस्था पर्याप्त नभएकाले संसोधन गर्नुपर्ने खाँचो औंल्याएका थिए । जवाफमा मन्त्री ढकालले सरकार यस कुरामा सकारात्मक रहेको र सहयोग गर्ने बताएका थिए ।

पछिल्लो समय प्रविधिको द्रुततर विकासले फिल्म र संगीत क्षेत्रमा प्रतिलिपि अधिकारको मुद्दाले चुनौति सिर्जना गरिरहेको छ । छलफलमा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, फोरम संयोजक तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर