जन्मदिनमा गंगा श्रेष्ठले रिलिज गरे देशप्रेमी गीत (भिडियो) – Nepal Press

जन्मदिनमा गंगा श्रेष्ठले रिलिज गरे देशप्रेमी गीत (भिडियो)

‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति
सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’

प्रस्तुत गीत गायक गंगा श्रेष्ठको नयाँ गीत ‘सयौं भाषा, सयौं भेष’म उल्लेख छ । आफ्नो ५२ औं जन्मदिनको अवसरमा श्रेष्ठले यो गीत लन्च गरेका हुन् ।

नेपाल १२५ जात-जाति र १२३ भाषा-भाषी भएको इन्द्रधनुषी देश भएको गीतमार्फत उनले ब्यक्त गरेका छन् । यहाँ बसोबास गर्ने जातीय र भाषिक समुदायको भावलाई गीतमा उल्लेख गरिएको छ ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने प्रवृत्तिलाई उनले उजागर गरेका छन् ।

राजेशपायल राईको स्वर रहेको गीतमा रमेश खड्काले संगीत भरेका छन् । गायक श्रेष्ठ स्वयमले गीत लेखेका हुन् । हाइलाइट्स नेपालको युट्युव च्यानलमा गीत उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *