एक सातादेखि बन्द तातोपानी नाका खुल्यो – Nepal Press

एक सातादेखि बन्द तातोपानी नाका खुल्यो

काठमाडौं । एक सातादेखि बन्द रहेको तातोपानी नाका आजबाट खुलेको छ । चिनीयाँहरुको ल्होसार पर्व सकिएसँगै सोमबारबाट तातोपानी नाका खुलेको हो । तातोपानी नाका माघ ३० गतेदेखि बन्द भएको थियो ।

अहिलेसम्म कोटा प्रणालीमा चीनबाट कन्टेनर भित्र्याइरहेकोमा अब भने कोटा प्रणाली हटाइएको नाका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

गत वर्ष चीनबाट कोभिड–१९ फैलिएसँगै तातोपानी नाका लामो समय बन्द थियो । त्यसपछि खुलेको नाकाबाट कोटा प्रणालीमामात्र सामान नेपाल भित्रदा नेपालका व्यवसायी मार्कामा पर्दै आएका थिए ।

आज तातोपानी नाकाबाट ८ ओटा कन्टेनर सामान लिएर नेपाल आउँदै गरेको प्रमुख खत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर