सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार रकम ८ अर्बमाथि – Nepal Press

सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार रकम ८ अर्बमाथि

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३२ दशमलव ६७ अंकले घटेको छ ।

आज भएको कारोबारमा नेप्से परिसूचक २ हजार ६ सय ७ दशमलव ६७ विन्दुमा रोकिएको छ । आज २ करोड १६ लाख १४ हजार ४५२ कित्ताको किनबेचमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अधिकांश कम्पनीको शेयर मूल्य घट्न पुगेको छ भने केही कम्पनीको शेयर मूल्य बढेको पनि छ ।

आज सबैभन्दा धेरै एनआईसीए बैंकको ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबारमा भएको छ । त्यस्तै नीफ्राको ३२ करोड, निर्धान उत्थान लघुवित्तको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै अप्पर तामाकोसीसहित पाँचओटा कम्पनीको शेयर मूलय ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर