त्रिभुवन विमानस्थलबाट सुनसहित एक पक्राउ – Nepal Press

त्रिभुवन विमानस्थलबाट सुनसहित एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका -३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका- ३ घर भएका ४१ वर्षीय मोमेराज मिकरानीलाई १ सय ५० ग्रामको ३ थान सुनको बाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त वस्तु लैजान लागेको अवस्थामा फेला पारी मिकरानीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर