प्रदेश २ः नवनियुक्त प्रदेश प्रमुखलाई १०१ किलोको माला लगाएर स्वागत – Nepal Press

प्रदेश २ः नवनियुक्त प्रदेश प्रमुखलाई १०१ किलोको माला लगाएर स्वागत

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई १०१ किलोमा माला लगाएर स्वागत गरिएको छ ।

आइतबार जनकपुर विमानस्थलमा केपी शर्मा ओली नेतृत्वको नेकपाका युवाले झालाई स्वागत गरेका हुन् ।

झालाई युवा संघका केन्द्रीय उपाध्यक्ष संजिव झाको नेतृत्वमा युवाले स्वागत गरेका हुन् । स्वागतका क्रममा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा लगाएका थिए ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन् ।

झाको स्वागतार्थ प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा विमानस्थल पनि पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर