चितुवाको छालासहित पक्राउ – Nepal Press

चितुवाको छालासहित पक्राउ

बझाङ । बझाङको बुङ्गल नगरपालिका ८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा रहेका छन्  ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर