बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका, उपचारका लागि आज दिल्ली जाँदै – Nepal Press

बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका, उपचारका लागि आज दिल्ली जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्नेछन् । उनीसँग पत्नी तथा जसपा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डे पनि दिल्ली जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर