मालपोत र नापीमा मन्त्रीको छड्के, बिचौलिया रंगेहात भेटिए (तस्बिरसहित) – Nepal Press

मालपोत र नापीमा मन्त्रीको छड्के, बिचौलिया रंगेहात भेटिए (तस्बिरसहित)

विराटनगर । शुक्रबार मध्यान्न १२ बजेको समय । संघीय सरकारका भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको गाडी एकाएक मोरङस्थित मालपोत र नापी कार्यालय परिसरमा रोकियो । गाडी रोकिने बित्तिकै मन्त्री तुम्बाहाङफे गाडीबाट ओर्लिएर भीडभाड रहने मालपोत कार्यालयमा प्रवेश गरिन् ।

मालपोत कार्यालयमा मन्त्रीलाई नै एका एक आखा अगाडी देखेपछि त्यहा कार्यरत कर्मचारी र सेवाग्राही छक्क परे । मन्त्री सेवाग्राहीको भीड हुने ‘मठ’ फाँटमा पुगिन् र त्यहा रहेका सेवाग्राहीलाई सोधपुछ गर्न थालिन् । यो क्रम मालपोतमा सकिएपछि उनी नापी कार्यालयमा पनि त्यसरी नै पुगिन ।

सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टाचार भइरहेको नागरिबाट गुनासो आएपछि मन्त्री तुम्बाहाफेले एका एक ति कार्यालयमा छड्के अनुगमन गर्न पुगेकी हुन् । अनुगमनका क्रममा कार्यालय अस्तव्यस्त रहनुका साथै मालपोत कार्यालय विराटनगरमा बिचौलियाको बिगबिगी रहेको, बिचौलिया नै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको मन्त्री तुम्बाहाफेले फेला पारिन् ।

कार्यालय भित्रको दोस्रो तलामा ‘मठ’ फाट छ । ‘मठ’ फाटमा कर्मचारी होइन, जहाँ बिचौलियाले ‘ढड्डा’ पल्टाएर धमाधम काम गर्दै आएको मन्त्री तुम्बाहाफेले फेला पारिन् । ‘मठ’ फाटको सेवाग्राहीको लाइनमा बसेर ‘ढड्डा’ पल्टाउँदै बसेका एक जनालाई मन्त्री तुम्बाङफेले प्रश्न गरिन्, ‘तपाइ को हो ?’

ती बिचौलियाले जवाफ दिदै भने, ‘म सेवाग्राही हो’ । पछि मन्त्रीले केरकार गर्दै गएपछि आफु लेखापढी व्यवसायी भएको स्विकारे । मन्त्री र मालपोत अधिकृत नरेन्द्र पौडेलले ती बिचौलियालाई सचेत गराएर छोडे । ती बिचौलियाले पनि आफुबाट गल्ती भएको स्वीकार गरे ।

तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १ गतेबाट देशभरका मालपोतमा बिचौलिया प्रवेश नदिने निर्देशन दिएकी थिइन । तर, उनि कृषि तथा पशु पन्छी मन्त्रालय पुगेको अवस्थामा वर्तमान मन्त्री पुग्दा भने अवस्था जस्ताको त्यस्तै भेटियो ।

अझै पनि मालपोतमा माफिया र कर्मचारीको मिलोमतोमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, अर्काको जग्गा किर्ते गरी नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठ, मन्दिर, विद्यालय, वनजंगलको जग्गा व्यक्तिको नाममा सार्नेलगायतका गैरकानुनी काम भइरहेको यसबाट प्रश्ट खुलेको छ ।

मालपोत र नापी कार्यालयका सबै शाखामा अनुगमन गरिसकेपछि कर्मचारीलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न मन्त्री तुम्बाहाङफेले निर्देशन दिइन । उनले सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै इमान्दारिता पूर्वक काम गर्न पनि निर्देशन दिइन् ।

सेवाग्राहीका सधै भिड हुने यी दुई कार्यालयको छडके अनुगमनपछि नागकिरलाई छिटो छरितो र चुस्त दुरुस्त सेवा दिन पनि सम्बन्धीत कार्यालय प्रमुखलाई निर्देशन दिइन् । मन्त्री तुम्बाहाफेले मालपोत र नापी कार्यालयमा लेखनदासलाई कार्यालय प्रवेश निषेधमा कडाईका साथ पालना गराउन कार्यालय प्रमुखलाई निर्देशन समेत दिएर फर्किएकी छन् ।

तर जसरी यस अघि मन्त्रीले निर्देशन दिएपछि फेरी मन्त्री पुग्दा अवस्था उस्तै भेटियो, अब अर्को पटक अनुगमन गर्दा त्यस्तै अवस्था आउला कि नआउला त्यो भने सबैको चासोको रुपमा हेरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर