निलगाई मारेको अभियोगमा तीन जना पक्राउ – Nepal Press

निलगाई मारेको अभियोगमा तीन जना पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिका -२ बाट जंगली जनावर निलगाई मारेको अभियोगमा  तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् ।

जंगली जनावर निलगाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर