मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू) – Nepal Press
मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)
विजय गजमेर २०७७ फागुन ६ गते १५:३२
२०७७ फागुन ६ गते १५:३२

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रचण्ड-माधव पक्षीय नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियूले आयल निगमअघि प्रदर्शन गरेको छ ।

मूल्यवृद्धिले सर्वसाधारणलदाई मार परेको भन्दै विद्यार्थीहरूले निगमको आयव्यय सार्वजनिक गर्नुपर्ने, भाउ तत्काल घटाउनुपर्नेलगायतका माग राखेका थिए ।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा साविक मूल्यमा दुई रूपैयाँ बढाएको थियो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रूपैयाँ तोकिएको छ ।