धादिङको पाल्पाभन्ज्याङमा बस पल्टियो, आठ जना घाइते – Nepal Press

धादिङको पाल्पाभन्ज्याङमा बस पल्टियो, आठ जना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ स्थित पाल्पा भञ्ज्याङमा बस पल्टिंदा ८ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौंका लागि छुटेको बा ४ ख ४१५२ नम्बरको बस बिहीबार अपरान्ह ११ वजे तिर अनियन्त्रित भई बीच सडकमा पल्टिंदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परेर घाईते हुने हरुमा ज्वालामुखी–७ की ८४ बर्षिया हरिमाया गुरुङ, ज्वालामुखी–६ का २२ बर्षिय बिकास श्रेष्ठ, सोही स्थानका २२ बर्षिय रिदम नगरकोटी, ५६ बर्षिय यम श्रेष्ठ, ३७ बर्षिय लक्ष्मी गुरुङ, १५ बर्षिय अनन्य लिम्बु, नीलकण्ठ–११ की १७ बर्षिया सिमा मानन्धर र सोही स्थानकी ४३ बर्षिया सिता मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ज्वालामुखी–६ का २२ बर्षिय रिदम नगरकोटीलाई थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने धादिङ अस्पतालमा उपचार भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *