१४ वर्षिया बालिका अपहरण र बलात्कारमा भारतमा नेपाली नागरिकलाई जन्मकैद – Nepal Press

१४ वर्षिया बालिका अपहरण र बलात्कारमा भारतमा नेपाली नागरिकलाई जन्मकैद

मुम्बइ : भान्जी नाता पर्ने १४ वर्षिया बालिका बलात्कार घटनामा दोषी पाइएका ३६ वर्षिय नेपाली नागरिक प्रसाद मनहरी कामीलाई भारतको अलिबाग सेसन कोर्टले जन्मकैदको सजाय सुनाएको छ ।

भारत घुमाउन लैजाने प्रलोभन देखाइ ती बालिकालाई नोभेम्बर २४, २०१९ मा अपहरण र बलात्कार गरेको आरोप कामीमाथि थियो । ती बालिकालाई बस चढाएर पुनेसम्म लगेको र बोर्ली गाउँको होटलमा लगेर बन्धक बनाएको आरोप समेत थियो ।

पीडितका बाबुले नेपाल प्रहरीमा छोरी हराएको उजुरी गरेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । प्रहरीले अभियुक्त बोर्लीको एक होटलमा कार्यरत रहेको पत्ता लगाएको थियो । पुनेको होटलमा काम गर्ने उनका दाजुसँग सहकार्य गरेर प्रहरीले कामीलाई पक्राउ गरेको थियो ।

भारतीय प्यानल कोर्डअन्तर्गत कामी डिसेम्बर २, २०१९ मा पक्राउ परेका थिए । नेपालबाट बुवा नपुगुञ्जेल पीडित बालिकालाई सेल्टर होममा राखिएको थियो । बाल कल्याण समितिसमक्ष ती बालिकाले आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

कामीलाई जन्मकैदको सजाय सुनाउनुअघि अदालते आठजना प्रत्यक्षीदर्शीसँग बयान लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर